व्यापार
प्याज निर्यातमा भारतको कडाइ, निर्यातकर्ताले ४० प्रतिशत कर तिर्नुपर्ने
आइतबार, ०३ भदौ २०८०, १४ : ४०

काठमाडौँ । भारतले विदेश निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ । भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।
वित्त मन्त्रालयले गरेको नयाँ व्यवस्था डिसेम्बर ३१, २०२३ सम्म कायम रहनेछ । उपभोक्ता सचिव रोहितकुमार सिंहका अनुसार आन्तरिक आपूर्ति प्रणाली सुधार गर्नका लागि प्याज निर्यातमा ४० प्रतिशत कर लगाइएको हो ।
अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो । गत वर्ष प्याजको मूल्य प्रतिकिलो २५.४४ भारु कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक