प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु, गएनन् ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् ।
ओली कार्यव्यस्तताका कारण अनुपस्थित भएको एमाले नेताहरुले बताएका छन् । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति समेत रहेका पूर्णबहादुर खड्का सहभागी छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन तथा जनतमतकी अनितादेवी रहेका छन् ।
नेकपा एमालेले तस्करीको बरामद सुनबारे छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ