भदौ ५ गते राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी नवीकरण गर्ने
आइतबार, ०३ भदौ २०८०, १२ : २४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ५ गते ६ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।
पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंककाअनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।
ट्रेजरीको बिक्री सोमबार अर्थात् भदौ ४ गतेदिउँसो ३ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २९ गते १४ अर्बरुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)