ललिता निवास प्रकरणमा माधवको प्रतिक्रिया– नबिराउनु नडराउनु
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै गल्ती नगरेकोले सशङ्कित नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । काठमाडौँमा जारी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आफू र आफ्नो पार्टीले कुनै कमजोरी नगरेकोले अत्तिनु पर्ने अवस्था नरहेको बताएका हुन् ।
कार्यक्रममा नेपालले भने -'भ्रष्टाचारका फाइलहरू खुल्दै जानेछन्, गल्ती कमजोरी गरेको भए हाम्रै पार्टीका नेता कार्यकर्ताहरू पनि तानिनेछन् । तर ललिता निवास प्रकरणमा जुन हल्ला चलाइएको छ त्यसमा कुनै सत्यता छैन । हामी सशङ्कित हुन आवश्यक छैन । '
आफू पूर्व निर्धारित कार्यक्रममा विदेश जाँदा पनि माधव नेपाल भाग्यो भन्नेसम्मका भ्रम छर्ने काम गरिएको भन्दै नेपालले असन्तुष्टि पनि जनाए । आफू कानुनविद्सँग परामर्श गरेरै विदेश भ्रमणमा गए पनि अनावश्यक भ्रम फैल्याउने काम विपक्षी पार्टीहरूले गरेको उनको दुखेसो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?