अप्ठ्यारोमा रोमेलु लुकाकु : प्रशिक्षक भन्छन्, ‘मिलेर समाधान खोज्नुपर्छ’

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको विषयमा देखिएको विवाद क्लब र खेलाडी मिलेर समाधान गर्नुपर्ने बताएका छन् । चेल्सी र ३० वर्षीय लुकाकुबीचको सम्बन्ध विगत लामो समयदेखि चिसिएको छ ।
लुकाकु सन् २०२१ मा इटालियन क्लब इन्टर मिलानबाट चेल्सीमा आबद्ध भएका थिए । चेल्सीले लुकाकुलाई भित्राउन ९७ लाख नौ करोड ७५ लाख पाउन्ड खर्चिएको थियो । चेल्सीले सन् २०२२ मा लुकाकुलाई लोनमा पुनः इन्टर मिलान नै पठाएको थियो ।
इन्टर मिलानबाट खेल्ने क्रममा केही विषयलाई लिएर क्लब र लुकाकुबीच सम्बन्ध चिसिएको थियो । त्यसैले सन् २०२२ को मे महिनादेखि लुकाकुले क्लबबाट खेल्ने अवसर पाएका छैनन् । खासमा इन्टर मिलानबाट रहँदा लुकाकुले कसैलाई जानकारी नदिई अर्को इटालियन क्लब युभेन्ट्सँग सम्बन्ध बढाएका थिए । उनी युभेन्ट्समा आबद्ध हुन चाहन्थे ।
त्यो कुरा वाहिरिएपछि इन्टर मिलानले लुकाकुलाई खेलाउन अस्वीकार गरेको थियो । इन्टर मिलानले त्यसको जानकारी चेल्सीलाई पनि गराएको थियो । सोही विषयलाई लिएर चेल्सी पनि लुकाकुसँग निकै रुष्ट बनेको छ । युभेन्ट्ससँग छलफल गरेको विषयलाई लिएर लुकाकुले माफी पनि मागेका थिए । अहिले लुकाकु इन्टर मिलानबाट चेल्सीमा फर्किसकेका छन् । तर, चेल्सी उनलाई मैदानमा ओराल्न तयार देखिँदैन । गत सिजन पनि अधिकांश समय उनी मैदानमा देखिएका थिएनन् । चेल्सी उनलाई छाडन पनि तयार देखिएको छैन ।
सोही विषयलाई लिएर चेल्सीका प्रशिक्षक पोचेट्टिनोले लुकाकुको विषयमा क्लबले छिट्टै ठोस निणर्य लिनुपर्ने बताएका हुन् । ‘यो विषयलाई लामो समय यत्तिकै राख्नु राम्रो हुँदैन । त्यसैले दुबै पक्ष मिलेर छिट्टै टुंग्याउनु पर्छ,’ पोचेट्टिनो भन्छन् । लुकाकु सन् २०११ मा पहिलो पटक चेल्सीमा आबद्ध भएका थिए । बेल्जियन क्लब एन्डरलेच्टबाट चेल्सीमा आबद्ध हुँदा उनी केवल १८ वर्षका थिए । सन् २०११ देखि सन् २०१४ सम्म चेल्सीमा रहँदा उनले क्लबका लागि एक गोल पनि गर्न सकेका थिएनन् ।
त्यसपछि चेल्सीले उनलाई लोनमा वेस्ट ब्रोमविच र एभर्टनमा पठाएको थियो । चेल्सीसँगको सम्झौता अवधि सकिएपछि उनी सन् २०१४ मा अर्को इङ्लिस क्लब एभर्टनमा आबद्ध भएका थिए । सन् २०१७ मा उनी एभर्टन छाडेर म्यानचेस्टर युनाइटेड पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म