युनाइटेड हार्दा सिटीको लगातार दोस्रो जीत
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेड टोटनह्याम हटस्पर्ससँग लिगको दोस्रो खेलमा नै स्तब्ध बन्न पुगेको छ । शनिबार राति भएको खेलमा स्पर्सले २–० गोलको शानदार जीत हासिल गर्न सफल भएको हो ।
नयाँ प्रशिक्षक एन्ज पोस्टेकग्लुको नेतृत्वमा निकै आक्रामक खेल प्रदर्शन गरेको स्पर्सले दोस्रो हाफको सुरुवातमा पापे पाटर सारको गोलमा अग्रता लिएको थियो । खेलको ८३ औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले आत्मघाती गोल गरेपछि स्पर्सले जीत सुनिश्चित गरेको थियो ।
उता साबिक विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार मानिएको न्युक्यासललाई १–० गोलले हराएको छ । जुलियान अल्भारेजले पहिलो हाफको गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
जीतसँगै सिटीले शतप्रतिशत नतिजा कायम राखेर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल भने लिगको छैटौँ स्थानमा खस्किएको छ । उता स्पर्स पाँचौँ स्थानमा उक्लिँदा युनाइटेड भने १० औँ स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू