संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि सभामुख घिमिरेले आइतबार बिहान बिहान ११ बजे सिंहदरबारमा प्रमुख सचेतकहरूलाई बोलाएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि नेताहरूलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
छलफलका लागि सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।
तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन । जसका कारण लामो समयदेखि संसद् बन्धक जस्तै बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू