समाजवादी मोर्चाको बैठक आज बस्दै
आइतबार, ०३ भदौ २०८०, ०८ : २६

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आइतबार साँझ बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार बैठकमा मोर्चा आबद्ध चार दलका शीर्ष नेताबीच सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने छ ।
मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो।
मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्।