काठमाडौँ महानगरले दियो कक्षा १० सम्म दिवा खाजा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ।
महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ। सङ्घीय सरकारले प्रतिविद्यार्थी खाजाका लागि दुर्गम बाहेकलाई दैनिक १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ।
दुर्गमका विद्यार्थीलाई दैनिक २० रुपियाँ उपलब्ध गराउने गरेको छ। कामपाले १५ रुपियाँ थपेर हरेक विद्यार्थीलाई दैनिक ३० रुपियाँ दिने निर्णयसमेत गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।
कामपाभित्र ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने छन्। उनका अनुसार दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’