राजनीतिमा युवा पुस्ताको चासो बढ्नुपर्छ : बस्नेत
काभ्रे । नेपाली काग्रेंसका केन्द्रीय सदस्य जितजंग बस्नेतले देशको राजनीतिमा युवा पुस्ताहरुको चासो बढ्नुपर्ने बताएका छन् । उनले शनिबार काभ्रेको बनेपामा आयोजित बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै देशको अवस्था बदल्ने भूमिका युवाहरुमा आइपरेकाले राजनीतितर्फ अग्रसर हुन र सोहीअनुसार जिम्मेवारी बहन गर्न सक्ने क्षमता निर्माण गर्नुपर्ने बताएका हुन् ।
वर्तमान राजनीतिमा पुस्तान्तरण हुन जरुरी रहेकाले युवाहरुले त्यसतर्फ आफूलाई तणर गर्नुपर्ने उनको धारणा थियो । युवाहरुमा अझै ऊर्जाशील, युवा जोश जागर बढाउनको लागि प्रशिक्षण कार्यक्रम आवश्यक रहेको उनले बताए ।
उनले नेपाल तरुण दल नेपाली कांग्रेसको सशक्त सारथी संगठन भएको बताएका छन् । तरुण दल काग्रेंसको भातृ संगठनको साथ–साथै साथी संगठनको रुपमा अघि बढेको बताए । काग्रेसको विचार, आदर्श, चिन्तनहरुलाई आत्मसात गर्दै तरुण दल अघि बढ्नुपर्ने उनले बताए ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाइ मन्त्री रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले तरुणहरु अध्ययनशिल र जुझारु हुन आवश्यक रहेको बताए । उनले तरुणले नै पार्टी संगठनको तर्क र विचार आम नागरिकहरुमा सहजै प्रवाह गर्न सक्ने भएकाले आफ्ना नवीनतम कार्य त्यसतर्फ केन्द्रीत गर्न आग्रह गरे ।
उनले निकट भविष्यमा एक लाख तरुण सहभागी गराएर कार्यक्रम गर्न आवश्यक रहेकाले संगठन विस्तारमा अग्रसर हुन निर्देशन दिए । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले तरुण दलका विगतका योगदानको कदर गर्न योग्य रहेको बताए ।
पार्टीलाई जिवन्त र सक्रिय तुल्याउन तथा पार्टीका योजनाहर सफल बनाउन तरुण दलले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले बताए । उनले तरुण दलको पक्षमा आफू सधै रहेको बताए ।
त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले युवा पार्टीप्रति आम मतदातालाई आकर्षित गर्ने योजना ल्याउन तरुण दललाई आग्रह गरे । पार्टी सकाएर आफू बन्ने गगटो प्रवृती अन्त्य हुनुपर्ने भन्दै उनले पार्टीभित्र अन्तर्घातको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल तरुण दल बनेपा नगर कार्यसमिति तथा नेपाल ट्रेड युनियन काग्रेंस बनेपा नगर समितीले केन्द्रीय सदस्यमा मनोनितहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो