इमरान खानकी पूर्व पत्नीको आरोप : जेलमा विष खुवाइन्छ कि भन्ने डर छ
शनिबार, ०२ भदौ २०८०, १८ : ३९

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले जेलमा रहेका पूर्वप्रधानमन्त्रीको ज्यानलाई खतरा रहेको र एटक जेलमा विष खुवाउन सक्ने दाबी गरेकी छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बुशरा बीबीले शनिबार इमरान खानको सुरक्षाका लागि पञ्जाबका गृह सचिवलाई पत्र लेखेकी छिन्। पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्ट अनुसार इमरानकी श्रीमतीले पीटीआई प्रमुखलाई आफ्नो सामाजिक र राजनीतिक हैसियतलाई ध्यानमा राख्दै जेलमा ‘बी’ श्रेणीको सुविधा उपलब्ध गराउन आग्रह गरेकी छन् ।
आफ्नो चिठ्ठीमा बुशराले लेखेकी छिन्, ‘उनको ज्यान अझै खतरामा छ र उनलाई एट्टक जेलमा विष खुवाइन्छ कि भन्ने डर छ ।” यस महिनाको सुरुमा बुशराले आफ्ना पति इमरान खानसँग आधा घण्टा भेट गरेकी थिइन् । खानलाई सी क्लास कारागार सुविधा दिइएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध
-
अव्यवस्थित काठमाडौँलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह
-
१० दिनको अवधिमा कांग्रेसमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला
-
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा हुने