एसिया कप : आगोमा हिँडेर प्रशिक्षण गर्दै बंगलादेशी ओपनर

काठमाडौँ । एसिया कप अगस्ट ३० बाट सुरु हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच हुनेछ ।
यसका लागि सबै टोलीले तयारी पनि थालेका छन् । धेरै खेलाडीहरू ठूला प्रतियोगिताहरू अघि आफ्नो ब्याटिङ वा बलिङमा काम गर्छन् । धेरै खेलाडीहरूले आफ्नो फिटनेसका लागि विभिन्न व्यायाम पनि गर्छन् ।
तर एसिया कप अघि एक बंगलादेशी क्रिकेटरले यस्तो काम गरेका छन् जुन देखेर तपाईं छक्क पर्नुहुनेछ । वास्तवमा उनी आगोमा हिँडिरहेको देखिन्छ।
टिमका सोसल मिडिया म्यानेजरले आफ्नो एक्स (ट्विटर) अकाउन्टबाट एउटा भिडियो पोस्ट गरेका छन् । जसमा बंगलादेशका ओपनर नइम शेख आगोमा हिँडिरहेका देखिन्छन् । यस क्रममा उनीसँग एक जना माइन्ड ट्रेनर पनि उपस्थित छन् ।
Naim Sheikh working with a mind trainer ahead of Asia Cup. pic.twitter.com/mkykegJ06p
— Saif Ahmed 🇧🇩 (@saifahmed75) August 18, 2023
नइमलाई एसिया कपका लागि टोलीमा स्थान दिइएको छ । उनी शाकिब अल हसनको कप्तानीमा देखिनेछन् । नइमले बङ्गलादेशका लागि हालसम्म ४ एकदिवसीय, १ टेस्ट र ३५ टी–२० खेलमा क्रमशः १०, २४, ८१५ रन बनाएका छन् । बंगलादेशले अहिलेसम्म इतिहासमा एक पटक पनि एसिया कपको उपाधि जित्न सकेको छैन ।