सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता साहिल खान नेपालमा

शनिबार, ०२ भदौ २०८०, १४ : ०५
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडी बिल्डिङ प्रतियोगिता ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्।  स्टाइल, एक्सक्युज मी, डबल क्रस, यही हे जिन्दगी, अलादिन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफूलाई खुसी लागेको बताए।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा  हुने बडी बिल्डिङ प्रतियोगिताको फाइनलमा सहभागी भएर उनी भोलि स्वदेश फर्कनेछन्। खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरू पनि आएका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको प्रतियोगिताको आज फाइनल हुने जानकारी सज्ञान खरेलले दिए । इन्डियाको फ्रेन्च आइज  ‘नरेश सूर्या क्लासिक नेपाल’मा १५० जना सहभागी छन्। 

कार्यक्रममा नेपाल,मलेसिया, युएई र भारतका खेलाडीहरूले भाग लिएका छन् । फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।  यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरूको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप