'कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्री पदको अफर !'
शनिबार, ०२ भदौ २०८०, १२ : ५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् ।
उनले विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
फाईबरमा तार सर्ट हुँदा बसमा आगलागी
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब