अतुल्य जीवनकथाबारे नेपथ्यबाट एक मित्रको चिठी
प्रिय भूपि ! छोरी कविताले साउन २३ गते पुस्तक पठाइदिइन्, ‘बुबाका मित्र ड्याडी हजुरमा’ को न्यानो उद्गारसहित । ऊ भावाभिभूत नभइरहन सकेन । २००८ सालदेखि २०१४ सालसम्मका अन्तरङ्ग मित्र तिमी ! तिम्रो जीवन कथा पूरै पढिसकेपछि एक नेपथ्यको मित्रको नामले तिमीलाई चिठी लेख्ने अठोट गरिसकेको थियो, उसले पनि । आखिर ती त चमत्कारी वर्ष तथा अवधि थिए, तिमी र ऊ दुवैका लागि ।
कमजोर आँखाले आठ दिन लगाएर साउन ३० गते पुस्तक पढिसिध्यायो उसले — मुटुमाथि ढुङ्गा राखी–राखी, कति ठाउँमा सासै अड्किने गरी, बीचबीचमा मुटु नै चुँडिने गरी । अनि दुई दिन लगाएर यो पत्र लेखिसिध्याई आज २०८० भदौ संक्रान्तिको दिन ‘रातोपाटी अनलाइन’ मार्फत तिमीलाई पठाइरहेछ ।
बुबाको जीवनकथा बेजोड प्रवाहमा वर्णन गरेर, परिवारदेखि मित्र समूहबारे सारा कुरा जस्तो सुस्पष्टतासित समावेश गरी कविता छोरीले कवि बुवाको कथालाई जुन काव्यात्मक गद्यमा प्रस्तुत गरिन्, आफ्नी आमा कान्ति शेरचनलाई अर्पण गरिन्, त्यो आफैँमा अनुपम, बेजोड र विशिष्ट लाग्यो, यस नेपथ्यको मित्रलाई । भूपि ! तिमी आफैँमा हीरा थियौ नै तर त्यसलाई अझ चम्काउने काम कान्तिविना कसरी हुन्थ्यो ? कविता एवं भूपेशविना कसरी त्यसमा प्रेम, समझदारी, मित्ररूपी सौन्दर्य र सुगन्ध भरिन्थ्यो ?
साँच्चैभन्दा, भूपि, कान्तिकै कान्ति छाएको तिम्रो जीवनकथालाई अमेरिकी लेखक इरभिङ स्टोनको कालजयी उपन्यासको शीर्षक ‘द एगोनी एन्ड द एक्सट्यासी’ पैँचोमा लिएर ‘अ लाइफ स्टोरी अफ एगोनी, एक्सट्यासी एन्ड मोर एर्गानिज’ भन्ने पनि शीर्षक दिन गाह्रोसाह्रो पर्दैन — त्यस्तो वेदनापूर्णका साथै आल्हादले भरिभराउ भएकाले । ‘जुन अचानकजसो गरी उहाँ बित्नुभयो, त्यसले हामीलाई हुनसम्मको चोट पार्यो । वर्षाैं वर्ष डरत्रासले जीवन धान्नुपरेको भए पनि त्यो वियोगले हामीलाई मर्माहत तुल्याइरह्यो तर हाम्रो यस क्षतिबाट दुःखी र व्यथित भएपछि म उहाँका लागि खुसी नभइरहन सकिनँ, खुसी किनभने उहाँ सबै पीडा र वेदनाबाट मुक्त हुनुभयो, अब उप्रान्त उहाँलाई ओछ्यानै ओछ्यान बस्नुपरेन, उहाँ अन्त्यमा स्वतन्त्र हुनुभयो’ भन्दै कविताले जीवनकथा वर्णन समापन गर्दा छोरीलाई त त्यस्तो पीडा र वेदना सहिरहनुपरेको थियो भने झन् बुबाले कसरी खपिरहेका थिए होलान् भन्ने अनुभूति यस पाठकलाई त हुन्छ भने स्वयं छोरीलाई त्यस्तो लेख्न कस्तो आँट र कस्तो मनोबल आउनुपर्यो होला, कोही अनुमान गर्नसक्ला के ?
अब तिम्रो यो मित्र छोरी कवितालाई पछ्याउँदै मुस्ताङका नीलगिरि र धौलागिरिले छहारी पाएको, सल्ला र धुपीका विशाल बोटहरूको निरन्तर सुसेलीमा आफ्नी आमाका श्वास–प्रश्वास सुन्दै न्यानोपन अनुभूत गर्दै तिमी थाकखोले कविहृदयी बालकले अनेक बाल्यकालिक अनुभवले खारिँदै काशी विद्यार्थी जीवनको रसास्वादन गर्दा ऊ आफ्नै कलकत्ता विद्यार्थीकाल नसम्झिरहन सक्दैन । त्यो राजनीतिक गरी अनेक तुमुलकारी समयावधि भएकाले, जसलाई उसले आफ्नो ‘१९९७ सालदेखि २०१७ साल– एक अवलोकन’मा व्यक्त गरेको छ ।
भूपि ! तिमीलाई यो एकल संवादजस्तो चिठीमा ऊ आफ्ना सद्गुरुका केही आध्यात्मिक विचार र एउटा सत्यवादी पत्रकारको जीवनउद्गार उद्धृत गर्न चाहन्छ — यिनले तिम्रो चारित्रिक विशेषतालाई थप उजागर गर्छ भन्ने लागेर है ।
– प्रज्ञाको बाटोमा हिँड्दा आलोचना सुन्ने सामथ्र्य बढाउनुपर्छ । प्रज्ञा कर्ममा प्रकट होस् । गफको आवश्यकता छैन ।
– हलुङ्गो यशले भन्दा शून्यताको गौरवले ठूलो आत्मविकास गर्छ ।
– जीवनप्रतिको इमानदारी आत्मसंयमको मूल हो ।
– प्रम र शान्ति नै जीवनका परम सुखदायक तत्त्व हुन् ।
– सिर्जना मिथ्या होइन, हाम्रा कामनाहरू मिथ्या हुन् ।
– अपेक्षा छाड्न सके, उपेक्षामा बाँच्न सके यस्तो जीवन बाँच्न सकिन्छ, जहाँ केवल आनन्द नै आनन्द रहन्छ ।
– सम्यक मनुष्यले यथार्थ सोच, मौलिक चिन्तन एवम् नवीन सङ्कल्पको प्रकाशमा आफैँ दीपक भएर अगाडि बढ्नुपर्छ ।
– मान नखोजे अपमान आउँदैन, सुख नखोजे, दुःख भारी लाग्दैन — स्वामी सत्यदेवका अमृतवाणी ।
– भिन्न मतावलम्बन नै सार्थक जीवन जिउने सच्चा साधना हो — जुलियन असान्ज ।
भूपि ! अमेरिकी–अङ्ग्रेज सरकारले इराकमा गरेका युद्ध अपराधको पोल खोलेबापत बेलायतको झ्यालखानको फलामे खोरमा बन्दी रहिआएका अस्ट्रेलियादी पत्रकार हुन् जुलियन ।
आलङ्कारिक भाषामा भन्नुपर्दा, तिमीले काशी विश्वनाथ नगरीतटको गङ्गाजीमा डुबुल्की लगाउँदै, तैरँदै बटुलेको रङ्गेली अनुभवमा क्रमबद्ध राजनीतिक जागरणको ज्ञानलाई अरु पाइन चढाइनँ । अरु अनुभवमा खारिनु रहेछ र त तिमी यहाँ पशुपतिनाथ सान्निध्य कान्तिपुरी नगरी आउनुपरेको ! अनि यहाँका राजनीतिक लिजेन्डहरूले आआफ्नो भूमिका खेल्नु पनि विधिकै विधान रहेछ । चिकित्सक डा. मथुराप्रसाद श्रेष्ठपछिका शिक्षाविद् डा. केपी मल्लले तिमीलाई पुष्पलालकहाँ उनको ढोकाटोल घरमा पुर्याएर आएपछि मखन टोल, शिव मन्दिरपछाडिको अखिल नेपाल विद्यार्थी फेडरेसनको कार्यालयमा तिमीले उल्लासित भावले ती भेटघाट यो नेपथ्यकारलाई बताउने गरेको आज पनि ऊ टड्कारो सम्झिन्छ ।
उनै पुष्पलालको निर्देशनअनुसार ऊ काठमाडौँमा प्रगतिशील अध्ययन मण्डल स्थापना गर्न जुट्दा तिमी मथुराप्रसाद श्रेष्ठसँगै अखिल नेपाल विद्यार्थी फेडरेसनका सक्रिय कार्यकर्ता भइसकेका रहेछौ । पार्टीगत कुनै कामको सिलसिलामा भेटघाट–चिनजान हुनासाथ तिमीहरू तीनैजना आपसमा घनिष्ठ भयौ । यस्तो घनिष्ठता उनीहरूको अरु धेरैसँग एकैसाथ भएको थियो ।
प्र.अ.म.को त्यतिबेलाको बौद्धिक जागरण अभियान र अखिलको लडाकु विद्यार्थी अभियान सँगसँगै चलेका थिए । यसले गर्दा उनीहरू अरु घनिष्ठ दौँतरीपनमा गाँसिएको स्मरण गर्दा रोमाञ्चित नभइरहन सक्दैन ऊ । ओहो ! कस्तो निःस्वार्थ, ज्यानी दरिलो कमरेडपनको समय थियो त्यो, अनमोल थियो ।
अवैध गरिएको नेपाल कम्युनिस्ट पार्टीको खुला सङ्गठन ‘जनअधिकार सुरक्षा समिति’को स्थापना गर्ने श्रेय नेकपा नेतृत्वबाट षड्यन्त्रात्मक तवरले हटाइएका पुष्पलाललाई नै छ । उनैको अग्रसरतामा भूपि, तिमी र ऊ अनेक आन्दोलन र संघर्षमा सँगसँगै थियौ । तिनताक पीएन राणा र निर्मल लामा क्रमशः नेकपा काठमाडौँ जिल्ला समिति सचिव थिए भने ऊ सो समितिको सेक्रेटरिएट सदस्य अनि जनअधिकार सुरक्षा समितिको महासचिव पनि । अनि तिमी ठमेल पार्टी सेलमा र पार्टीकै केन्द्रीय विद्यार्थी फ्रन्टमा थियौ । ज. अ.सु.स.को दायित्व पूरा गर्दै अखिलका अभियानमा लाग्दा उसले सदा नै तिम्रो साथ पायो । भीमदर्शन रोका डेरा गरी बस्ने क्षेत्रपाटी टोल तिमीलाई मनपथ्र्यो र उसलाई पनि पार्टी कमरेड रामकृष्ण मानन्धरले पाँच वर्षसम्म सित्तैमा ज.अ.सु.स.को अफिस चलाउन दिएबाट त्यो ठाउँ प्यारो थियो । त्यहीँ बसेर तिमी र उसले अरु साथीहरूको मद्दतबाट अनेक आन्दोलन चलाउन पर्चा–पोस्टर लेख्ने गथ्र्यौ, सम्झ्यौ ?
यसरी नेपाली जनताको मङ्गल कल्याणको हितमा, मुलुकको स्वतन्त्र अस्तित्व तथा सार्वभौमसत्ताको रक्षार्थ भारतीय हस्तक्षेपसँगैको विस्तारवादविरुद्ध, अङ्ग्रेज–अमेरिकी साम्राज्यवादविरुद्ध, विश्वशान्तिको पक्षमा आवाज उठाउँदै जाँदा नै भूपि तिमीले एक कम्युनिस्टका रूपमा समतामूलक राजनीतिक भविष्यलाई तथा कविता लेखन वा काव्य सिर्जनालाई सार्थक जीवन जिउने बाटो बनाइसकेका थियौ । यसरी नै, तिमी र उसले आफूलाई २०१२ सालको अन्त्यतिर अत्यन्तै महत्त्वपूर्ण घटनामाझ पाएका थियौ – राजा महेन्द्रको राज्याभिषेक अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुक्का गराउन देशव्यापी अभियानको घोषणा । पार्टी महासचिव मनमोहन अधिकारीले इन्द्रचोक डबलीमा र काठमाडौँ जिल्ला पार्टी सचिव रहेको उसले असन अन्नपूर्ण मन्दिर चोकमा खुला भाषण गर्ने पनि घोषणा भयो । यसको तयारीमा तिमीले आफ्नो योगदानमा कुनै कसर बाँकी राखेनौ । केआई सिङ फौजी विद्रोहमा नेकपाको कुनै संलग्नता नभएकाले उसमाथिको प्रतिबन्ध फुक्काको आवश्यकताबारे प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले राजा महेन्द्रसमक्ष गरेका अनवरत कोसिसबाट पार्टी नेतृत्वको व्यावहारिक सोचको फलस्वरूप र स्वयं राजा महेन्द्रकै सौजन्यबाट पनि प्रतिबन्ध हट्यो ।
नारायणहिटी राजदरबारको झन्डाभन्दा अग्लो खम्बामा हँसिया–हथौडा अङ्कित लाल झन्डा फहराएर नेकपाले खुला दोस्रो ऐतिहासिक महाधिवेशन फोहोरा दरबारको हल–प्राङ्गणमा गर्दा भूपि, तिमीले महाधिवेशन सचिवालय सदस्यको दायित्व कुशलतापूर्वक पूरा गर्नाको साथै, यो मित्रलाई पार्टीको केन्द्रीय समितिको सदस्यमा उम्मेदवारी दिन लगाउन र जिताउनमा समेत योगदान गर्यौ ।
केन्द्रीय सदस्यको दायित्व पूरा गर्दै, पार्टी मुखपत्र ‘नवयुग’ साप्ताहिकको सह–सम्पादक भई पार्टी प्रचारकार्य अघि बढाउँदै जाँदा २०१५ सालको आम निर्वाचनले ढोका ढकढकाइसकेको थियो ।
२००८ सालमा प्रगतिशील अध्ययन मण्डलको पुतलीसडक सभाकक्षदेखि टुँडिखेल महांकालस्थान पछाडि गोविन्दप्रसाद लोहनीका खुला माक्र्सवादी कक्षा, मखन टोलमा अखिल ने.वि.फे.को अफिस प्याफलमा नेकपाको हेडक्वार्टर, विद्यार्थी फ्रन्टका सदस्यको नाताले पार्टीअन्तर्गतका यावत् जनवर्गीय सङ्गठनका भइपरी आउने काममा सौहार्द्रतापूर्ण सहयोग, डिल्लीबजारको लप्टनको होटलमा यदाकदा चियापान, त्यसपछि उसको कालिकास्थान घरमा मातापितासँग भेटघाट अनि उर्मिलाबाट खाजा, काठमाडौँका गल्लीगल्ली, चोकचोक, सडकसडकमा जुलुस र भाषणको सात वर्षे घनिष्ठताले हुर्केको मित्रता–दौँतरीपनले आम निर्वाचनपछि, उसको पारिवारिक परिस्थितिले गर्दा अर्कै स्वरूप लियो ।
काव्य सिर्र्जनशीलताको आकाशमा उदाएका नवीनतारा भइसकेका भूपि अब ऊसित तिम्रो भेटघाट भारतको राजधानी नयाँदिल्लीबाट छापिने ‘सोभियत भूमि’का पानाहरूमा हुन थाल्यो । तिम्रा रचनाका साथै तिम्रा सिर्जनात्मक कृतिप्रति सोभियत नेपालविद्का समालोचनाले तिमीलाई नेपालभरि नै चिनायो । २०१७ पुस १ गतेको महेन्द्र कूपछिका घटनाबाट पनि यो क्रम टुटेन । नेकपाभित्र अनेक गण्डगोल भए पनि तिमी आफ्नो साहित्य साधनामा पार्टीगत अवधारणाले असर पार्न नदिन सचेष्ट रह्यौँ । जबकि कम्युनिस्ट आन्दोलन परस्पर निन्दा–डामवादमा झरिसकेको थियो । फेरि पारिवारिक कारणबाट ‘सोभियत भूमि’को जागिर छाडी ऊ काठमाडौँ फर्केपछि तिमीसँग उसको भेटघाट अकारण टुट्यो । दलगत राजनीतिबाट अलग रहँदारहँदै पनि ऊ पनि ‘रायमाझीवादी’ भनी डामियो ।
नियतिको खेल, उसले फेरि काठमाडौँमा सोभियत दूतावासको सूचना विभागमा जागिर पायो । तिमीसित मैत्री नवीकरण हुन पाएन । मित्रद्वय भैरवबहादुर थापा एवम् तुलसीनाथ ढुङ्गेलको सक्रियतामा कमलपोखरी थापा निवासमा विभिन्न विधाका कवि, साहित्यकार, चित्रकलाकार, पत्रकार, बौद्धिक व्यक्तिहरूको नियमित भेटघाट हुँदा पनि ऊ आफू त्यसबाट अलग्गै रह्यो । तिमीसित निकटताको यस औसरबाट पनि ऊ आफ्नै विवशताले वञ्चित भयो तर अनौठो संयोग कस्तो भने जुन समयमा भूपि तिमी ‘हो चि मिन्हलाई चिठी’ लेख्दैथ्यौ, त्यतिबेला उसले नेपाल अफ्रो–एसियाली ऐक्यबद्घता समितिमार्फत भियतनामप्रति र अमेरिकी आक्रमणविरुद्ध उसको अतुल्य वीरतापूर्ण संग्रामप्रति ऐक्यबद्धता जनाउने सुयोग पाइरहेको थियो ।
भूपि तिमी प्राज्ञ भयौ । साहित्यसाधनाको रूपमा स्वतन्त्र ढङ्गले प्रज्ञाको बाटो लिएका तिमीलाई यस्तो जागिर खानु यो तिम्रो नियति रहेछ । छोरी कविताले यस पक्षलाई पारदर्शितामा साथ स्पष्ट पारेकी छन्, तिम्रो जीवनकथामा । यो नेपथ्यकार मित्र त निर्धक्कसँग के भन्छ भने यस अवधिमा उसले तिमीलाई विभिन्न छवि र प्रतीकमा पाएको थियो — महाकवि देवकोटाको मुनाका मदनको रूपमा, इन्डियाका सादत हसन मन्टो र अली सर्दार जाफरी, पाकिस्तानका फैज अहमद फैज, बाङ्गलादेशका काजी नजरूल इस्लाम, रुसका भ्लादिमिर मायाकोभ्स्की तथा अलेक्जान्डर ब्लोक, चीनका लु सुन, टर्कीका नाजिम हिक्मेत, फ्रान्सका लुइ आरागोँ, बेलायतका किट्स, शैली, अमेरिकाका रोबर्ट फ्रस्ट वा मार्क ट्य्वान, चिलेका पाब्लो नेरुदामा । यस्तै अरू प्रतीकका नाम उल्लेख गर्न त उसले कवि श्यामलकै सहायता लिनुपर्नेछ ।
‘नवप्रगतिशील डामवादीहरू’ले तिमीलाई डाम लगाइहाले, लगाउन छाडेका छैनन्, आजसम्म पनि – साहित्य साधनामार्फत राष्ट्र एवम् जनताप्रति तिम्रो निःस्वार्थ समर्पणको समग्रतालाई ओेझेलमा पार्न खोज्दै, विकृत तुल्याउँदै । परन्तु दुःखको कुरा, तिमीलाई विचारधारच्युत गराई सर्जकको रूपमा यशोगान गर्ने ‘निष्पक्ष’ समालोचकहरू पनि यस अर्थमा डामवादी समुदायकै दौँतरी, सहयोगी भएकोमा बडो दुःख लाग्छ ।
तिम्रो काशी र कान्तिपुरका सिर्जनात्मक जग हल्लाएर वा भत्काएर के तिम्रो पूर्ण कदको सिर्जना हुन सक्ला के ? यस्तो सोच्नु कस्तो हास्यास्पदता ?
भूपि त तिमी भूपि नै हौ, सदासर्वदा कालजयी भएर रहिरहने एक क्रान्तिकारी कम्युनिस्ट साहित्य साधकका रूपमा । कम्युनिस्ट हुनु भनेको राजनीतिक संस्कार र संस्कृति हो, दलीय ब्याज प्राप्त गराई नै, एक मात्र कसौटी होइन, तर एक इतिहास पनि आफैँमा भएकाले तिमी पनि कमनीय इतिहासलाई जस्तै मिथ्याकारहरूले विकृत, बदनाम र ओझेल गर्न सक्ने पात्र नबनिरहन सकेनौ – टङ्कप्रसाद आचार्यलाई चिसो चुल्हो बनाएझैँ, प्रजातन्त्रका प्रतीक बीपी कोइरालालाई ‘लोकतान्त्रीकरण’ गर्न दुस्साहस गरेझैँ, अनि होली वाइनले बिटुलिएका, अमेरिकी डलर पाएर सुम्लिएका सोसल फाशिस्टले पुष्पलाललाई आफ्नो नेता मानेको भन्ने महापाप गरेजस्तै ।
भूपि ! तिमी साह्रै नै अस्वस्थ भई टिचिङ अस्पतालमा भर्ना भएको सुनेर ऊ स्वास्थ्यलाभको शुभकामना दिन २०४६ वैशाखको अन्त्यतिर कुन दिन हो, ऊ अहिले सम्झिँदैन, एकदिन अस्पताल कोठामा जाँदा बीचको लामो अन्तरालले कुनै फरक पारेन । तिम्राको उही सौम्य आकृति, मधुर मुस्कानले उसको स्वागत–अभिवादन–अभिनन्दन गर्यो । यति नै उनीहरूबीचको मित्रता र दौँतरीपनलाई अमीट बनाउनका लागि यथेष्ट थियो । तथापि, जीवनको एक मात्र अपरिहार्य तीन सत्यको स्पष्ट आभास नभइरहन सकेन । ऊ अत्यन्त व्यथित थियो । झन् त्यसमाथि एकजना आगन्तुकले ‘धेरै दिनपछि भेट भएको’ भन्दा कसो ‘घाटमा भएन’ भन्ने मर्मान्तक व्यंग्य कविता– पुस्तकमा उल्लेख हुँदा त्यतिबेला सुन्नुपरेको भए ।
धेरैबेर बसेर भलाकुसारी गर्ने, पुराना सहृदयतापूर्ण दिनहरूको सुखद सम्झना गर्ने समयावस्था थिएन । भूपि ! अहिले सम्झँदा छोरी कविता त्यतिबेला तिम्रो सेवासुश्रुषामा थिइन् । अहिले त कवितासित उसको टाढाकै भए पनि साइनो छ, त्यसैले ‘ड्याडी हजुर’को आदरसम्मान र स्नेह दिइन्, कविताले उसलाई तिम्रो स्तुत्य जीवनकथाको पुस्तक पठाउँदा ।
तिम्रो सदाको शारीरिक हाउभाउ, सौम्य, शिष्ट, मीठो, हार्दिकताले भरिएका बोलीवचन, तिम्रो प्रखर व्यक्तित्वलाई झल्काउने तिम्रा तेजिला आँखा — यी सब तिमीलाई उसले चिनेजानेदेखि टिचिङ अस्पतालको प्राइभेट वार्डमा आखिरी भेट भएसम्म यस्तै भएको सम्झनाहरूले उसलाई ढाक्यो ।
भूपि ! तिमी त सत्य, स्वतन्त्रता, न्याय, मानवीय मूल्य–मान्यता, शान्तिप्रतिको आफ्नो जीवनदर्शन, संघर्षको यशोगान गर्दा पनि यही हाउभाउमा हुन्थ्यौ । तिमीले आफ्नो कविता सुन्न इच्छुक रहेका साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई ‘भूपिजी ! तपाईंका कविता सुन्ने इच्छाले यो भेट गरायो । के छ, हालखबर तपाईंको ?’ भनी २०३३ सालको कठोर माघको एक बेलुकीपख एक अन्तरङ्ग भेलामा जिज्ञासा जनाउँदा भूपिले ‘उही त हो नि !’ भन्दै कुनै एक राजाले महायज्ञ आयोजना गर्दा चारजना जोगीले चार किसिमको मन्त्र पढेर दक्षिणा पड्काएको ठट्टा सुनाउँदा बीपी, टङ्कप्रसाद आचार्य, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, ऋषिकेश शाह, प्रो. यदुनाथ खनाल तथा अन्य उपस्थित व्यक्तिहरू बानेश्वर हाइटको हरिप्रसाद बाँस्कोटाको कोठाको भित्तै चिरिने गरीझैँ हाँसेको र बीपीले ‘ओहो, मैले त १७–१७ वर्षसम्म हाँस्नै बिर्सेको थिएँ । आज तपाईंसँगको यस मिलनले यो सुयोग जुर्याइदियो । ओहो, आज सुशीला पनि भएकी भए उनी पनि साह्रै रमाउने थिइन्’ भन्ने उद्गार व्यक्त गर्दा पनि तिम्रो यही हाउभाउ थियो भने पनि अत्युक्ति नहोला । त्यो मुक्त हाँसोका झङ्कार नारायणीहिटी राजदरबारसम्म सुनिएको थियो, भनिन्छ । मूर्धन्य नृत्यशास्त्री भैरवबहादुर थापाले आफ्नो ‘समर्पण’मा बताएको यो घटना पढ्ने कोही पनि यस भावबाट अलग हुन सक्दैन । कुरामा कुरा चल्दा, भैरवबहादुर थापा तथा पछिको ‘मधुपर्क’ साहित्यिक पत्रिकाका न्वारनकर्ता, मृदुभाषी, कवितुल्य तुलसीनाथ ढुङ्गेल पनि तिम्रा अन्तरङ्ग मित्र भएका सम्झनाले साह्रै गद्गद् गराउँछ । यो तिमी र निर्मल लामा घनिष्ठतामा बाँधिनुअघिकै कुरा हो ।
भूपि ! तिमीलाई थाह भएकै कुरा हो, अवैध गरिएको नेपाल कम्युनिस्ट पार्टीको खुला सङ्गठन ‘जनअधिकार सुरक्षा समिति’को स्थापना गर्ने श्रेय नेकपा नेतृत्वबाट षड्यन्त्रात्मक तवरले हटाइएका पुष्पलाललाई नै छ । उनैको अग्रसरतामा तिमी र ऊ अनेक आन्दोलन र संघर्षमा सँगसँगै थिए । तिनताका पीएन राणा र निर्मल लामा क्रमशः नेकपा काठमाडौँ जिल्ला समितिसचिव थिए भने ऊ सो समितिको सेक्रेटरियट सदस्य अनि जनअधिकार सुरक्षा समितिको महासचिव पनि । ज.अ.सु.स.को दायित्व पूरा गर्दै अखिलका अभियानहरूमा लाग्दा उसले सदा नै तिम्रोसाथ पाए यो, ऊ आज पनि अनुगृहित छ ।
२०१२ सालमा अखिल र नेपाल स्टुडेन्ट युनियनलाई एक गरी नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन बन्यो । फेडेरेसनको नयाँ नेतृत्व महासचिवको रूपमा भरतराज जोशी र सचिवको रूपमा रामबाबु देवकोटालाई सुम्पने क्रममा उसले सरकारी वारेन्टमा कारण भूमिगत हुँदाहुँदै एकता अधिवेशनलाई सम्बोधन गरेको थियो, तात्कालिक अखिलको तात्कालिक इन्चार्जका रूपमा । डिल्लीबजारको पद्मकन्या हाइस्कुलमा भएको उक्त घटनामा तिनताकका आईजीपी डी. राज शर्मा आफैँ पुलिस लिएर उसलाई समात्न खोज्दा बचाउनेमा भूपि तिमी पनि थियौ, सम्झन्छौ ?
यसरी नेपाली जनताको मङ्गलकल्याणको हितमा, मुलुकको स्वतन्त्र अस्तित्व तथा सार्वभौमसत्ताको रक्षार्थ भारतीय हस्तक्षेपसँगैको विस्तारवादविरुद्ध, अङ्ग्रेज–अमेरिकी साम्राज्यवादविरुद्ध, विश्वशान्तिको पक्षमा आवाज उठाउँदै जाँदा भूपि र उसले आफूलाई २०१२ सालको अन्त्यतिर अत्यन्तै महत्त्वपूर्ण घटनामाझ बीच पाए– राजा महेन्द्रको राज्याभिषेक अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुक्का गराउन देशव्यापी अभियानको घोषणा ! पार्टी महासचिव मनमोहन अधिकारीले इन्द्रचोक डबलीमा र काठमाडौँ जिल्ला पार्टी सचिव रहेको उसले असन अन्नपूर्ण मन्दिरचोकमा खुला भाषण गर्ने पनि घोषणा भयो । यसको तयारीमा भूपिले आफ्नो योगदानमा कुनै कसर बाँकी राखेनन् । केआई सिंह फौजी विद्रोहमा नेकपाको कुनै संलग्नता नभएकाले उसमाथिको प्रतिबन्ध फुक्काको आवश्यकताबारे प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले राजा महेन्द्रसमक्ष गरेका अनवरत कोसिसबाट, पार्टी नेतृत्वको व्यावहारिक सोचको फलस्वरूप र स्वयं राजा महेन्द्रकै सौजन्यबाट पनि प्रतिबन्ध हट्यो ।
नारायणहिटी राजदरबारको झन्डाभन्दा अग्लोखम्बामा हँसिया–हथौडा अङ्कित लाल झन्डा फहराएर नेकपाले खुला दोस्रो ऐतिहासिक महाधिवेशन फोहोरा दरबारको हल– प्राङ्गणमा गर्दा भूपिले महाधिवेशन सचिवालय सदस्यको दायित्व कुशलतापूर्वक पूरा गर्नाका साथै, तिमीले उसलाई पार्टी केन्द्रीय समितिको सदस्यमा उम्मेदवारी दिन लगाउन र जिताउनमा समेत योगदान गर्यौँ ।
केन्द्रीय सदस्यको दायित्व पूरा गर्दै, पार्टी मुखपत्र ‘नवयुग’ साप्ताहिकको सह– सम्पादक भई पार्टी प्रचार कार्य अघि बढाउँदै जाँदा २०१५ सालको आम निर्वाचनले ढोका ढकढकाइसकेको थियो ।
२००८ सालमा प्रगतिशील अध्ययनमण्डलको पुतलीसडक सभाकक्षदेखि टुँडिखेल महांकालस्थान पछाडि गोविन्दप्रसाद लोहनीका खुला माक्र्सवादी कक्षा, मखन टोल शिव मन्दिरनिरको अखिल– नेविफेको अफिस, प्याफलमा नेकपाको हेडक्वार्टर, विद्यार्थी फ्रन्टका सदस्यको नाताले पार्टीअन्तर्गतका यावत् जनवर्गीय सङ्गठनका भइपरी आउने काममा सौहार्द्रतापूर्ण सहयोग, डिल्लीबजारको लप्टनको होटलमा यदाकदा चियापान, त्यसपछि उसको कालिकास्थान घरमा मातापितासँग भेटघाट अनि उर्मिलाबाट खाजा, काठमाडौँका गल्लीगल्ली, चोकचोक, सडकसडकमा जुलुस र भाषणको सातवर्षे घनिष्ठताले हुर्केको दौँतरीपनले आम निर्वाचनपछि, उसको पारिवारिक परिस्थितिले गर्दा, अर्कै स्वरूप लियो ।
काव्य सिर्जनशीलताको आकाशमा उदाएका नवीनतारा भइसकेका भूपिको अब ऊसित भेटघाट भारतको राजधानी नयाँदिल्लीबाट छापिने ‘सोभियत भूमि’का पानाहरूमा हुन थाल्यो । तिम्रा रचनाका साथै ती सिर्जनात्मक कृतिप्रति सोभियत नेपालविद्का समालोचनाले तिमीलाई नेपालभरि नै चिनायो । २०१७ सालको पुस १ गतेको महेन्द्र कूपछिका घटनाबाट पनि यो क्रम टुटेन । नेकपाभित्र अनेक गण्डगोल भए तापनि तिमी आफ्नो साहित्य साधनामा पार्टीगत अवधारणले असर पार्न नदिन सचेष्ट रह्यौँ, जबकि कम्युनिस्ट आन्दोलन परस्पर निन्दा–डामवादमा झरिसकेको थियो । फेरि पारिवारिक कारणबाट ‘सोभियत भूमि’को जागिर छाडी ऊ काठमाडौँ फर्केपछि भूपिसँग उसको भेटघाट अकारण टुट्यो । दलगत राजनीतिबाट अलग रहँदारहँदै पनि ऊ पनि ‘रायमाझीवादी’ भनी डामियो ।
नियतिको खेल, उसले फेरि काठमाडौँमा सोभियत दूतावासको सूचना विभागमा जागिर पायो । तिमीसित मैत्री नवीकरण हुन पाएन । मित्रद्वय भैरवबहादुर थापा एवं तुलसीनाथ ढुङ्गेलको सक्रियतामा कमलपोखरी थापा निवासमा विभिन्न विधाका कवि, साहित्यकार, चित्रकलाकार, पत्रकार, बौद्धिक व्यक्तिहरूको नियमित भेटघाट हुँदा पनि ऊ आफू त्यसबाट अलग्गै रह्यो । तिमीसित निकटताको यस ओैसरबाट पनि ऊ आफ्नै विवशताले वञ्चित भयो तर अनौठो संयोग कस्तो भने, जुन समयमा तिमी ‘हो चि मिन्हलाई चिठी’ लेख्दैथ्यौ त्यतिबेला उसले नेपाल अफ्रो–एसियाली ऐक्यबद्घता समितिमार्फत भियतनामप्रति र अमेरिकी आक्रमणविरुद्ध उसको अतुल्य वीरतापूर्ण संग्रामप्रति ऐक्यबद्धता जनाउने सुयोग पाइरहेको थियो ।
‘नवप्रगतिशील डामवादीहरू’ले तिमीलाई डाम लगाइहाले, लगाउन छाडेका छैनन्, आजसम्म साहित्य साधनामार्फत राष्ट्र एवं जनताप्रति उनको निःस्वार्थ समर्पणको समग्रतालाई ओेझेलमा पार्न खोज्दै, विकृत तुल्याउँदै तर भूपि तिमी त भूपि नै हौ र सदासर्वदा कालजयी रहनेछौ ।
भूपि ! तिमीले मरेर जानेहरूलाई यहाँ बाँच्न कति गाह्रो छ भन्ने व्यथा हृदयविदारक रूपमा सुनाएको सम्झँदै तिमी जहाँ भए पनि तिम्रो यो नेपथ्यकार मित्र तिमी कालजयी सर्जकको आत्मालाई चिरशान्ति प्राप्त भइरहोस् भन्दै अलबिदाको अनुमति चाहन्छ ।