काठमाडौँ प्रहरीमा एक महिनामै एकहजार दुई सय ७५ मुद्दा दर्ता
काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चालु आवको साउन महिनामा विभिन्न घटनामा एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको जानकारी दिएको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले गत आवको साउन महिनामा भन्दा चालु आवको साउन महिनामा अपराधका घटनामा वृद्धि भएको बताए ।
काठमाडौँ प्रहरीका अनुसार बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरमा पाँच सय ६०, अभद्र व्यवहारमा दुई सय ७९, भवितव्य ज्यानमा एक सय १९, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ३५, लागू औषधमा ३१, आत्महत्यामा ३७, जबरजस्ती करणीमा ३३, जुवामा १७ र अन्य अपराधमा एक सय १९ मुद्दा दर्ता भएका छन् ।
प्रहरीले मुद्दा दर्ता भएकामध्ये सात सय ६० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बैंकिङ कसुरमा दुई सय १२, अभद्र व्यवहारमा चार सय ३४, चोरीसम्बन्धी कसुरमा ८२, ठगीमा १२, लागू औषधमा ५१, जबरजस्ती करणीमा ३४, जुवामा एक सय १३ र अन्य अपराधमा एक सय ७८ रहेका छन् ।
गत वर्षको साउनमा मात्र विभिन्न अपराधमा एक हजार ४७ मुद्दा दर्ता भएको प्रवक्ता ढुङ्गेलले बताए । काठमाडौँ प्रहरीले साउन महिनामा बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटी वृत्तमा हिरासतमा पुस्तकालयको व्यवस्था मिलाएको छ ।
एक महिनाको अवधिमा काठमाडौँका विभिन्न क्षेत्रबाट हराएका दुई सय ४९ व्यक्तिमध्ये एक सय ७१ जनालाई खोजी गरी सम्बन्धित परिवारलाई बुझाएको छ भने चोरी, हराएर वा पाकेटमारी भएका दुई हजार दुई सय ८७ निवेदनमध्ये तीन सय ९७ निवेदनमाथि खोजी गरेर सम्बन्धित धनीलाई बुझाइएको काठमाडौँ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्गठनको शृङ्खलामा नेपाली राजनीति
-
वर्षाले कुलेखानी ३ घण्टामा १ मिटर भरिँदै, जोखिम घटाउन विद्युत् उत्पादन सुरु
-
रामकुमारी र प्रेम आले फकाउँदै माधव, पदाधिकारी र पोलिटब्युरो खारेजको पक्षमा झलनाथ
-
वर्षाले कुलेश्वर क्षेत्र डुबानमा, तस्बिरहरु
-
अखिल क्रान्तिकारीको आजको बन्दसत्र सकियो, भोलि ८ बजेदेखि विधान र प्रतिवेदनमाथि छलफल हुने
-
झापामा अति वर्षा, देशका ३२ स्थानमा अत्यधिक धेरै वर्षा