दाङमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु
शुक्रबार, ०१ भदौ २०८०, २१ : ४३
![दाङमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dang_z0ojZweiTB.jpg)
दाङ । जिल्लामा जंगली च्याउ खाँदा एकै घरमा आमा छोरीको मृत्यु भएको छ । साउन २९ गते साँझ बंगलाचुली गाउँपालिका–४ मैकुटी निवासी २७ बर्षीया ईश्वरी सुनार र उनकी ११ बर्षीया छोरी अस्मिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।
आमा इश्वरीको शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो भने छोरी अस्मिताको बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
ईश्वरीका श्रीमान अजय भने गम्भीर अवस्थामा छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।