स्वास्थ्य
नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो
शुक्रबार, ०१ भदौ २०८०, १८ : ३१

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ ।
गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा उल्लेख गरिएको छ ।
यस्तै डेंगु संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ११ हजार ३७८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै दोस्रोमा रहेको बागमतीमा २ हजार ४६४ जना संक्रमित छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ४३४ जना संक्रममित भएका छन् ।
यस्तै धादिङमा १ हजार ७५६ संक्रमित भएको ईडीसीडीले जनाएको छ । हालसम्म डेंगु सङ्क्रमण ७५ जिल्लामा फैलिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण