इन्डोनेसियाको एक होटलमा आगलागी, ३ जनाको मृत्यु
शुक्रबार, ०१ भदौ २०८०, १६ : १९

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार राति करिब ११ः ५० बजे आगलागी भएको हो । स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभाइएको थियो ।
जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जानकारी दिएका छन् । उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए। आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
-
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
-
तीव्र बन्यो युक्रेनमा युद्धविरामको प्रयास, लन्डनमा भेट्दैछन् युरोपेली नेताहरू
-
माओवादीले बोलायो संसदीय दलको बैठक