प्राकृतिक कृषि परियोजना सञ्चालन गर्न माओवादीले माग्यो सक्षम जनशक्ति
_eEZqH81U6s.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्राकृतिक कृषि परियोजना सञ्चालन गर्न सक्षम र व्यवसायिक ज्ञान, सिप, क्षमता भएका संयोजक पठाउन निर्देशन दिएको छ । ८ हजार घरधुरी परिवार सम्मिलित कलष्टरमा आधारित उक्त परियोजना सञ्चालनका लागि माओवादीले पहिलो चरणमा छनोटमा परेका प्रत्येक जिल्लाबाट दुई दुई जना जनशक्ति माग गरेको हो ।
हरियाली प्राकृतिक कृषि अभियानद्वारा देशका विभिन्न ४० जिल्लाहरुमा हरेक घरधुरी ‘शुरु गरौं प्राकृतिक खेती कार्यक्रम’ सञ्चालन गरेको छ । परियोजना संयोजक छनोट गरी ‘प्राकृतिक कृषि परियोजना निर्माण तथा सञ्चालन कार्यविधि सम्बन्धि १ दिने कार्यशाला गोष्ठिमा सहभागी गराउन समेत अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् ।
त्यस्तै हरियाली प्राकृतिक कृषि अभियान पार्टीको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानकै अंग बनाएर सञ्चालन गराउन समेत निर्देशन दिएको छ ।
पहिलो चरणमा छनोट भएका जिल्लाहरूमा बागमतीको १० जिल्लामा २० जना, गण्डकीमा १० जना, लुम्बिनीमा १० जना, कर्णालीमा १० जना, कर्णालीमा ८ जना, मधेसको दुई जिल्लाबाट ४ जना र कोशीको उदयपुरबाट २ जना गरी जम्मा २७ जिल्लाबाट ५४ जना जनशक्ति माग गरिएको हो । सहभागीहरूलाई भदौ १० गते बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित हुन सूचना जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा