कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

काठमाडौँ । ग्लोकलले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका छन् ।
पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँ डन बस्को कलेजमा सम्पन्न भएको हो ।
कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा अनुष्का श्रेष्ठ (सीईओ/को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, (वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौँ हब र स्नेहा श्रेष्ठ (कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपाल) गरी तीन प्यानेलिस्टहरू थिए ।
सो कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तीकरण र संलग्न गराउने महत्वलाई जोड दिएको बताइएको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा
-
उत्तरआधुनिक अन्तरेपथ
-
‘धरान रन’को उपाधि केन्याली धावकलाई