कर्मचारी भनेको स्थायी सरकार हो : देउवा

काठमाडौँ । नेपाली कांग्रेस कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् ।
कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी पार्टी आउने–जाने हो । निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’
देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्ने देउवाले बताए ।
‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ । निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने छ । तपाईहरु काम गर्नुहोस् ,’ उनले भने । कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताए ।
सङ्घीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता
-
तालिम नलिए पनि अध्यापन अनुमति पत्र स्थायी रूपान्तरण गर्न सकिने