प्रधानमन्त्री र सभामुखबीच भेट : सदन खुलाउनका लागि छिट्टै सहमति गरिने
काठमाडौँ । संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख र प्रधानमन्त्रीबीच प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोध र सुचारु गर्ने विषयमा छलफल भएको हो ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले सदन खुलाउनका लागि आफूले पनि पहल गर्ने र त्यसका लागि भूमिका निर्वाह गर्न सभामुख घिमिरेलाई आग्रह गरे । सदन खुलाउन छिट्टै सहमति गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेतासँग छलफल गरेर थप पहल गर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो नभएको बताउँदै सांसदहरुले बोल्न समय मागेपनि प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरुले बोल्न नपाएको बताए । सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले भने– ‘दलिय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’
उनले संसदीय समितिको नेतृत्व चयन हुन नसकेको बताउँदै संसदमा कानुन निर्माण भएनन भन्ने गुनासो रहेको सुनाए । उनले भने– ‘सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’ गत साउन १० गतेदेखि एमालेले निरन्तर संसद अवरोध गरेपछि संसदको गतिरोध खुलाउन विभिन्न पक्षहरुबीच छलफल भेटवार्ता भएपनि सहमति जुट्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’
-
जुम्लामा आगलागी हुँदा दुई घर नष्ट