बिहारमा पत्रकारको गोली हानी हत्या
शुक्रबार, ०१ भदौ २०८०, ११ : २७

भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् ।
सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार आफ्नो बयान फेर्न दबाब दिइएको थियो ।
स्मरण रहोस्, दुई दिन अघि पनि अररियाको पलासी थाना क्षेत्रमा बस्ने तथा समस्थीपुरको मोहनपुर थानाको प्रभारीको हत्या पनि अपराधीले उनको पैतृक घरमा प्रवेश गरेर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न