राचेल भन्छिन्– ‘ग्रीनउडलाई नहटाए अब म्यानचेस्टर युनाइटेडलाई समर्थन गरिँदैन’
काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता राचेल रिलीले इङ्ल्यान्डका चर्चित युवा स्ट्राइकर मासन ग्रीनउडलाई क्लबबाट हटाउन म्यानचेस्टर युनाइटेडलाई दबाब दिएकी छन् । राचेलले ग्रीनउडलाई क्लबबाट नटाइए आफूले म्यानचेस्टर युनाइटेडलाई समर्थन नगर्ने चेतावनी पनि दिएकी छन् ।
म्यानचेस्टर युनाइटेडले भने २१ वर्षीय युवा स्ट्राइकर ग्रीनउडको विषयमा अझै छानबिन भइरहेको जनाएको छ । ‘यो संवेदनशील विषय हो । हामीले अझै कुनै ठोस निर्णय लिएका छैनौं । यस विषयमा अझै अनुसन्धान भइरहेको छ,’ क्लबले भनेको छ ।
ग्रीनउडले पनि आफूमाथि लगाइएका आरोपहरु निराधार भएको दाबी गर्दै आएका छन् । खासमा ग्रीनउडमाथि उनकी प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर सार्वजनिक गर्दै ग्रीनउडले आफूलाई कुटपिट र बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन् ।
रोब्सनले सामाजिक सञ्जाल इस्टाग्रामको स्टोरीमा ग्रिनउडले आफूमाथि कुटपिट गरेको भन्दै तस्बिरसँगै भिडियो पनि सार्वजनिक गरेकी थिइन् । रोब्सनले सार्वजनिक गरेको एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेको देखिन्छ । भिडियोको क्यापसनमा उनले ‘ग्रीनउडले ममाथि के गरे भनेर जान्न चाहनेहरूका लागि...’ भनेर लेखेकी थिइन् । शरीरका विभिन्न भागमा देखिएका निल डामसहितको तस्बिर रोब्सनले सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । ग्रीनउडले आफूमाथि निराधार आरोप लगाइएको बताएपछि प्रहरीले उनलाई ७२ घन्टापछि जमानतमा रिहा गरेको थियो ।
ग्रीनउडमाथि गम्भिर आरोप लागेपछि म्यानचेस्टर युनाइटेडले पनि उनलाई निलम्बन गरेको थियो । तर, अहिले पनि म्यानचेस्टर युनाइटेडका थुप्रै महिला समर्थक ग्रिनउडप्रति आक्रोसित छन् । उनीहरुले सार्वजनिक स्थलमा पनि ग्रीनउडलाई क्लबले हटाउनु पर्ने माग गर्दै आएका छन् । ‘यदि अझै पनि ग्रीनउड क्लबमा रहन्छन् भने म कुनै पनि हालतमा म्यानचेस्टर युनाइटेडलाई समर्थन गर्न सक्दिन,’ राचेलले भनेकी छन् ।
ग्रीनउड क्लबमा रहिरहनु म्यानचेस्टर युनाइटेडका लागि पनि लज्जाको विषय हुनुपर्ने उनले बताएकी छन् । ‘अब अति भयो,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् । म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सुरुआतसँगै ग्रीनउडलाई मैदानमा ओराल्ने चर्चा सुरु भएपछि राचेलको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो । म्यानचेस्टर युनाइटेडसँग ग्रीनउडको सम्झौता सन् २०२५ सम्म छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय