सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०'को सुरुवात

शुक्रबार, ०१ भदौ २०८०, ०९ : ०३
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले  आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा ग्राहकहरूका लागि 'एभरेष्ट फेस्टिभ बोनान्जा २०८०' को सुरुवात गरेको छ ।

भाद्र १ गते देखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनुका साथै घर निर्माणका लागि शतप्रतिशतसम्मबैंक लगानी रहने छ । 

सवारी कर्जा १०.९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ । 

तिन महिनाको लागि लागु हुने“एभरेष्ट फेस्टिभ बोनान्जा २०८०”मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमाउपभोग गर्न सकिने छ ।  साथै बैंकका नायब महाप्रबन्धक कुमारले सम्पूर्ण ग्राहक महानुभावहरूलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान समेत गरे । 

पन्जाब नेशनल बैंक भारत सँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप