रुपन्देही-५ मा कांग्रेसभित्र विवाद झन् बढ्दै
बुटवल । नेपाली कांग्रेस रुपन्देही–५ मा आन्तरिक विवाद चुलिँदै जाँदा दुई गुटबीच पार्टी कार्यक्रममा हात हालाहालको अवस्था आएको छ ।
उक्त क्षेत्रबाट लगातार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका नेता भरतकुमार शाह मङ्सिर ४ को आमनिर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग पराजित भएसँगै क्षेत्रमा घातअन्तरघातको गरेको भन्दै पार्टीभित्र लफडा सुरु भएको छ।
०७४ मा वाम गठबन्धन हुँदासमेत फराकिलो अन्तरले शाहले जितेको क्षेत्रमा अहिले ५ दलको बलियो गठबन्धन हुँदा पनि १० हजार मतान्तरले पराजय व्यहोरेपछि शाह पक्षले कांग्रेस युवा नेता विष्णु पोखरेललगायतका कारण हार भएको आरोप लगाएका छन्। शाह देउवा पक्ष र
पोखरेल शेखर कोइराला समूहका नेता हुन् । शाह पक्षले पोखरेले आफूले टिकट नपाएपछि चुनाव सहयोग नगरेको मूल्याङ्कन गर्दै कारबाहीको सिफारिस गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको हो ।
सैनामैना नगर सभापति रणबहादुर खनालले शाहको निर्देशनमा चुनावमा असहयोग गरेको आरोप लगाउँदै पोखरेललाई कारबाही सिफारिस गरेका थिए । तर सैनामैनासहित रुपन्देही ५ का ३२ वटा वडाका सभापति र २७ जना महाधिवेशन प्रतिनिधिमध्ये झण्डै दुई तिहाइले पोखरेललाई कारबाही सिफारिसको विपक्षमा उभिएको पोखरेल पक्षको दाबी छ ।
नेता पोखरेलले पार्टीको एक पक्ष बसेर पुरानो मितिमा मलाई कारबाहीको निर्णय गरेको रहेछ तर हस्ताक्षर दुरुपयोग भएको साथीहरूले सङ्केत पाएपछि विरोध भयो र त्यो निर्णय दुईतिहाईले उल्टाइदिएको रातोपाटीलाई बताए ।
क्षेत्र नम्बर ५ मा शाहलाई क्षेत्रमा उनलाई राम्रा साथ दिँदै आएका कांग्रेस प्रदेश समिति सदस्य एवम् यसअघि लुम्बिनी प्रदेश सभामा पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले पनि शाहको साथ छाडेपछि शाह थप कमजोर भएका छन् ।केही दिनअघि पार्टीको आन्तरिक विशेष अभियानमा नेता शाहले खानलाई लक्षित गरी होच्याएपछि खानले उठेर प्रतिवाद गरेका थिए। त्यसपछि झडपको स्थिति उत्पन्न भएको थियो ।
महाधिवेशन प्रतिनिधि खिमानन्द खनालले समयको माग र कार्यकर्ताको भावना अनुसार चल्नुपर्नेमा तर हुकुमी शैलीमा चल्न खोज्दा शाह कमजोर भएको बताए ।
शाहले आफूलाई निर्वाचनमा असहयोग गरेको भन्दै विगतका आफ्नै निकट सहयोगी पोखरेल लगायतका नेताहरुलाई कारबाही सिफारिस गरेपनि अल्पमतमा परेको पोखरेल निकट नेताहरू बताउँछन् ।
पोखरेलमाथिको जबरजस्ती कारबाहीको सिफारिस भएकै कारण क्षेत्रका ३२ वडामध्ये दुई तिहाई भन्दा धेरै वडा सभापतिले कारबाहीको सिफारिस पूर्वाग्रही र गलत भएको बताउँदै पोखरेलको पक्षमा उभिएका खनालको दाबी छ ।
नेता पोखरेलमाथि कारबाही सिफारिस भएपनि प्रदेश समितिले भने पोखरेललाई आन्तरिक विशेष अभियानमा पाल्पामा प्रतिनिधि खटाएको थियो । पोखरेल क्षेत्रका अधिकांश वडाका कार्यक्रमहरुमा पार्टीबाट प्रमुख अतिथि भएर निम्ताइएका हुन्छन् ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले लोकतान्त्रिक पार्टीभित्र विचारको आधारमा फरक समूह हुनु स्वाभाविक भएको तर यसबाट पार्टी कमजोर बनाउन नहुने बताउँछन् । उनले निर्वाचनका बेला भएका गतिविधिलाई एक पक्षलाई अर्कोले विना आधारमा कारबाही सिफारिस गर्नु गलत भएको बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो दिन सकिएको टेस्टमा पाकिस्तानसँग केही लागेन वेस्ट इन्डिजको
-
बाँकेमा एक महिनामा ६५ जना फरार प्रतिवादी पक्राउ
-
दिनेश त्रिपाठीको पक्षमा कानुन व्यवसायीहरूको विरोध प्रदर्शन, तस्बिरहरू
-
आर्मीका बलरसामु निरीह बने मधेस प्रदेशका ब्याटर
-
‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’
-
एकसय ९५ किलो गाँजासहित एक पुरुष पक्राउ