६० किलो सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिक पक्राउ
_c8wEFdyEVQ.jpg)
काठमाडौं । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।
साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।
सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव जितेपछि अमेरिकाबारे यसो भन्छन् फ्रिड्रिख मत्र्ज
-
यसरी फेरिँदैछ सहरीकरणको सम्भावना बोकेको रामपुरको स्वरुप
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने