बढुवा हुन सिटिजन्स बैंकका कर्मचारीले पेश गरेका थिए नक्कली शैक्षिक प्रमाणपत्र

काठमाडौँ । सिटिजन्स बैंकका ७ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा थुनामा छन् । साउन २९ मा प्रहरीले भैरहवा, सिमरा र काठमाडौँबाट ६ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा थप एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बुटवलस्थित ड्राइभरटोल शाखामा कार्यरत मनिषा मास्के, मनिग्राम शाखामा कार्यरत गोमा ज्ञवाली, कालिका नगर शाखामा कार्यरत कल्पना खत्री र प्रतिक्षा रेग्मी छन् । बुटवल शाखाका खिमानन्द गौतम, काठमाडौँमा कार्यरत दिपक विष्ट र रुपन्देहीका दलबहादुर पुनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ गरिएका कर्मचारीहरु बैंकमा बढुवा हुँदै थिए । बढुवा प्रयोजनका लागी उनीहरुले पेश गरेको बिकमको सर्टिफिकेट बारे शंका लागेपछि बैंकले ती प्रमाणपत्रको आधिकारिकताबारे त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेर सोधेको थियो । बैंकले शंका लागेर सोधेको १९ थान सर्टिफिकेटमध्ये १० जनाको ‘नक्कली’ भेटिएपछि त्रिभुवन विश्वविद्यालयले प्रहरीलाई जानकारी गराएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरन्जनदत्त भट्टका अनुसार आरोपितहरुले त्रिभुवन विश्वविद्यालयले दिने समकक्षतापत्र किर्ते गरेको भेटिएको छ । पक्राउ परेका कर्मचारीले भारतको गोरखपुर, हिमाञ्चल प्रदेश र नयाँ दिल्लीबाट प्रमाणपत्र ल्याएका थिए ।
ती प्रमाणपत्रसँगै उनीहरुले पेश गरेको समकक्षता पत्रबारे त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ– ‘समकक्षतापत्र किर्ते गरेको देखिन्छ ।’
आरोपीहरुविरुद्ध सरकारी लिखत किर्ते कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए । त्रिविले नक्कली प्रमाणपत्र पुष्टि गरेको मध्येका ३ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा