श्रमिकको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित, अब न्यूनतम १७ हजार ३००
बिहीबार, ३२ साउन २०८०, २० : ५२

काठमाडौँ । साउन महिनाबाट श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ भएको हो ।
यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ तोकिएको थियो।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको हो ।
जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० र बाँकी महँगी भत्ता जोडेर १७ हजार पुगेको हो ।
त्यस्तै दैनिक पारिश्रमिक ६६८ रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको हो।
आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो ।
मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित