दुई देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
बिहीबार, ३२ साउन २०८०, १७ : ३८

काठमाडौँ । बिहीबार दुई देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट डोमिनिक रुसेल फेन र नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्ग्युएन थन्ह हाइले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
नवनियुक्त राजदूतहरुलाई होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’