सिन्धुलीको गोलन्जोरमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले बिहीबार बेसको उद्घाटन गरेका हुन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट करिब ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको सो बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ । काठमाडौँदेखि करिब २ सय १० किलोमिटर बर्दिवास सम्मको सिन्धुली बिपी हाइवेमा हुनसक्ने अन्य घटनाहरूको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको जानकारी दिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले यसअघि मूलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरा गरी ७ ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ ।
मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरूमा एक–एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनी काठमाडौँमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक–एक प्लाटुन, सम्पूर्ण गणहरूमा एक–एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरूमा एक–एक सेक्सन आवश्यक सामाग्री सहित तालिम प्राप्त विपद् उद्धार टोली तयारी हालतमा राखेको छ ।
यसैगरी रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवनमा समेत विपद् उद्धार टोली परिचालित गरिएको सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह