वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल

काठमाडौँ । वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो ।
नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्वीपक्षीय सम्बन्ध सुदृढ गर्न, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका अप्ठ्याराहरू फुकाउने लगायतका विषयमा छलफल भएको हो ।
मलेसियाका उद्योग व्यवसायी संघ संस्थाहरूसँग समेत छलफल गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।
वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र निकट भविष्यमा गरिने जब फेयर सम्बन्धी प्रारम्भिक छलफल भएको महासचिव भुर्तेलले बताए ।
मलेसियाको पर्साटुअन इन्डस्ट्री केसेलमटन मलेसिया ९पीआईएएम० र संघबीच विभिन्न विषयमा छलफल भएको हो । उनीहरूबीच कामदारहरूको सहज भर्तीका विषयमा विचार आदानप्रदान गरिएको छ । त्यस्तै मलेसियामा दर्ता नभएका एजेन्टहरूलाई निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त