कृषि समितिमा आरजु राणाकाे प्रश्न : लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले पशु चौपायमा संक्रमण बढिरहेको लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको बताएकी छन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले धेरै रोगहरू पशुबाट मानिसमा पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे अध्ययन हुनुपर्ने बताइन् ।
उनले भनिन– ‘यो त झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । डर त मलाई के लाग्यो भने यो त मान्छेमा पनि सर्छ कि क्या हो ? किनभने धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ । यसबारेमा अनुसन्धान हुन जरूरी छ ।’
मन्त्रीले तथ्याङ्क दिएपछि यो रोग संक्रमणको अवस्था भयावह पाइएको बताउँदै उनले आफूले तराईमा संक्रमण धेरै होला भन्ने सोचे पनि पहाडी क्षेत्र र सुदूरपश्चिममा धेरै रहेको पाइएको बताइन् ।
राणाले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन । सांसद राणाले पशु उपचारका लागि पशु स्वास्थ्य केन्द्र स्थापना गर्न सरकारलाई सुझाव पनि दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन