एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा अब अग्रीम ब्याज भुक्तानी
काठमाडौं–“बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदान गर्दै आइरहेको एनआई सी एशिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” सञ्चालनमा ल्याएको छ ।
मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११∞ का दरले अग्रिम ब्याज भुक्तानि गरिने बैंकको भनाई छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८०∞ सम्मको कर्जा उपभोग समेत गर्न सकिने छ ।
साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरु बाट समेत लाभ लिन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ