म्याक डोनाल्डपछि ‘बर्गर किङ’ को मेनुबाट हट्यो गोलभेडा

एजेन्सी । भारतमा गोलभेडाको मूल्य अत्याधिक वृद्धि भएपछि अन्तर्राष्ट्रिय फास्टफूड चेनहरुले यसको प्रयोग नै घटाएका छन् । समाचार संस्था बीबीसीका अनुसार भारतमा ‘बर्गर किङ’ ले आफ्नो मेनुबाट गोलभेडा हटाएको हो ।
कम्पनीले भारतीय बजारमा गोलभेडाको मूल्य अत्याधिकरुपमा वृद्धि भएपछि आफ्ना खानाको मेनुबाट हटाइएको हो । मेनुबाट गोलभेडा हटाएपछि कम्पनीले भनेको छ, ‘अकल्पिनियरुपमा बढेको गोलभेडाको गुणस्तरलाई ध्यानमा राखेर मेनुबाट हटाइएको छ ।’
अन्तर्राष्ट्रिय फास्ट फुड चेनमा बर्गर किङ दोस्रो कम्पनी हो, जसले आफ्नो मेनुबाट गोलभेडा नै हटाइदिएको छ । यसअघि म्याक डोनाल्डले समेत मेनुबाट गोलभेडा हटाएको थियो । म्याक डोनाल्डले समेत गुणस्तरमा प्रश्न उठाउँदै गोलभेडालाई आफ्नो बर्गरबाट हटाएको थियो ।
यही साता अमेरिकी चेन स्यान्डविच ‘सबवे’ ले समेत आफ्नो स्यान्डविचबाट गोलभेडा हटाइसकेको छ । भारतमा गर्मी र बाढी लगायतका कारणले गोलभेडाको उत्पादन प्रभावित बन्दा मूल्य बढेर २५० भारु प्रतिकिलोसम्म पुगेको छ ।
गोलभेडाको मूल्य अत्याधिक बढेपछि भारतले नेपालबाट आयात सुरु गरेको समेत बीबीसीले उल्लेख गरेको छ । आन्तरिक ‘सप्लाई चेन’ नै खलबलियपछि बर्गर किङले आफ्नो वेभसाइटमार्फत गोलभेडा आफ्नो मेनुमा नरहनुको कारण खुलाएको समाचारमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु