उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वल्र्ड तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।
आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आगामी भदौ १ देखि १० गतेसम्म काजकिस्तानको अस्तानामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई शुभकामना दिएका हुन् ।
उक्त प्रतियोगितामा विभिन्न तौल समूहमा चार खेलाडी सहभागी हुँदैछन् । ९३ देशका नौ सय बढी खेलाडी उक्त प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगितामा रुविका खड्का (तौल समूह ४७), सुस्मिता थापा (५२), पुकार केसी (६४) र अजय बुढामगर (तौल समूह ७०) मा सहभागी हुँदैछन् । नेपाली टोलीमा अम्पायर अन्जन धमला, कोच रुपसिंह मोक्तान तथा अफिसियल धनबहादुर थापा र विक्रम बुढामगर सहभागी हुने बताइएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले खेलाडी राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताए । सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?