रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरूमा कमिसन लिएको आरोपसहित उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्याल, उनका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष नारायण बहादुर यादव, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, समृद्ध नेपाल ईनर्जीका प्रोप्राइटर विनोद बाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ ईन्टिच्युटका प्रोप्राइटर अमरिश यादवमाथि मुद्दा दायर गरेको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैङ्क खाता खोली विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौँ रकम भ्रष्टाचार गरी कमिसनको रूपमा जम्मा गरेको उल्लेख छ । यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो ।
अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कामहरू, मर्चवारी गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ मा र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कामहरू, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाई कटाई तालिम कार्यक्रमहरूमा अनियमितता भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको बताइएको छ । अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको माग दाबी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय माग दाबी गरेको छ ।
वडा सचिव गुलाबसँग २ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन वडाध्यक्ष नारायणबहादुरविरुद्ध ५ लाख बिगो कायम गरेको छ । प्रोप्राइटर विनोद बाबु तिवारीविरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन विरुद्ध ३ लाख ६० हजार र प्रोप्राइटर अमरिश यादवविरुद्ध २ लाख बिगो माग दाबी गरिएको छ । आरोपितहरूमध्ये प्रमुख प्रशासकीय अधिकृत अर्याल अवकाश पाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू