मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगका अध्यक्षले गरे पदभार ग्रहण

बुधबार, ३१ साउन २०८०, १६ : १८
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । एक वर्षपछि नियुक्त भएका त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा घनश्याम भट्टराईले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

अध्यक्ष भट्टराई केही दिन अगाडि त्रिवि स्ववियुले हटाएको छात्रावासकै कार्यकक्षमा गएर पदभार ग्रहण गरेका हुन् । केही दिन अगाडि छात्रावास हडपेर बसेको भन्दै स्ववियुले सेवा आयोगको कार्यालय हटाएको थियो । तर, अध्यक्ष भट्टराई आज त्यही भवनमा बसेका हुन् ।   

त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका त्रिविका सहकुलपति अशोककुमार राई नेतृत्वको सिफारिस समितिले सेवा आयोगको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । सोही आधारमा भट्टराईलाई नियुक्त गरिएको हो ।  

त्रिवि इतिहास केन्द्रीय विभागका प्रमुख रहेका भट्टराई नेपाली कांग्रेस निकट प्राध्यापक संघ केन्द्रीय क्याम्पसु कीर्तिपुरका पूर्वअध्यक्ष समेत हुन् । त्रिविबाट अवकाश पाउन ६ महिना बाँकी रहेको बेला भट्टराईलाई सेवा आयोगको अध्यक्ष बनाइएको हो ।  

तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको कार्यकाल २०७९ साउन १८ गते सकिएको थियो । अध्यक्षको कार्यकाल सकिएदेखि उक्त पद रिक्त थियो । अध्यक्ष पद रिक्त रहेपछि त्रिविमा नयाँ जनशक्ति नियुक्त हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप