प्रहरी जवानमाथि यौन दुर्व्यवहारको आरोप

जनकपुरधाम । धनुषामा एक प्रहरी जवानमाथि किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी चौकी लालगढका प्रहरी जवान रुपेश चौधरीले स्थानीय १४ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो ।
मंगलबार राति करिब १० बजेको समयमा प्रहरी जवान चौधरीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । उनलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
‘बालिका मामाको घरमा पूजामा गएको थिइन्,’ डीएसपी गौतमले भने,‘दुईजना प्रहरी पनि त्यहाँ प्रसाद खान गएका रहेछन् । सोही क्रममा प्रहरी जवान चौधरीले अन्जानमा किशोरीको जिउमा छोइएको बताएका छन् । तर, पीडित पक्षले दुर्व्यवहार नै गरेको आरोप लगाएका छन् ।’
यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
यसअघि प्रहरीले घटना लुकाउन खोजेको भन्दै स्थानीयहरुले प्रहरीविरुद्ध पूर्व-पश्चिम राजमार्गमा अवरुद्ध गर्दे गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा