सनी देओलको फिल्म ‘गदर–२’ ले रच्यो इतिहास, कति कमायो ?

फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् ।
तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ । फिल्मले मङ्गलवार स्वतन्त्रता दिवसको मौकामा ५५ करोड भारुको कमाई गरेको छ । यो मितिमा कुनै पनि भारतीय फिल्मले यति कमाएको थिएन ।’
यससँगै गदर–२ को अहिलेसम्मको कुल कमाई २२८ करोड भारु नाघेको छ । गदर–२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन शुक्रवार ४०, शनिवार ४३, आइतबार ५१ करोड भारु कमायो ।
फिल्मी जानकारलाई विश्वास गर्ने हो भने यदि गदर–२ फिल्मसँग कुनै अरू फिल्म रिलिज नभएको भए सनी देओलको यो फिल्मले थप कमाउँथ्यो ।
गदर–२ सँगै ओएमजी–२ पनि रिलिज भएको छ । यो फिल्मले पनि राम्रै कमाई गरिरहेको छ ।
गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो र फिल्मले त्यति बेला पनि शानदार प्रदर्शन गरेको थियो ।
गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सनी देओलबाहेक अमिषा पटेल, उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।
सनी देओलले हालै एक अन्तरवार्तामा भनेका थिए, ‘म गदर–२ का लागि सुरुदेखि नै डराएकी थिएँ । यो हाम्रो एउटा यस्तो फिल्म हो जसको स्वाद बिग्रियोस् भन्ने म चाहँदैनथेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली