सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् ।
उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।
मुख्यमन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए । उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे ।
पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री