विशेष अभियानमा आन्तरिक विवाद बाहिर नल्याउने माओवादीमा सहमति
काठमाडौँ । माओवादी केन्द्रले घोषणा गरेको तीन महिने विशेष अभियानलाई सफल बनाउन मधेस प्रदेशमा देखिएको आन्तरिक विवादलाई बाहिर नल्याउने सहमति भएको छ । मधेस प्रदेशको नयाँ इन्चार्जमा लीलामणि पोखरेल नियुक्त भएसँगै उनले साउन २६ गते प्रदेशका पदाधिकारीसँग पहिलो चरण छलफल गरेका थिए ।
‘अभियानलाई सफल बनाउन पार्टीको आन्तरिक विवादलाई बाहिर नल्याउने सहमति भएको छ’, इन्चार्ज पोखरेलले रातोपाटीसँग भने, ‘केन्द्रले दिएको कार्यक्रमलाई योजना बनाएर वडा तहसम्म जान सबै प्रतिबद्ध छन् ।’
सबैका धारणा बुझेर योजना कार्यान्वयनको विषयमा छलफल गरेको जानकारी दिँदै उनले पार्टीका धारणाबारे नेता तथा कार्यकर्तालाई जानकारी गराइएको बताए ।
माओवादीको भर्खर सकिएको केन्द्रीय समिति बैठकले आगामी भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अभियानलाई सफल बनाउन मातहतका कमिटीलाई पार्टीले परिपत्र पठाइसकेको छ ।
उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मात्रिका यादबबीच देखिएको शक्ति सङ्घर्ष र विवाद उत्कर्षमा पुग्दा मधेस प्रदेशमा माओवादी कमजोर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव