कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्राडा शङ्कर राईले जानकारी दिए ।
पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आउनुभएको अस्पतालका प्रमुख डा.राईले बताए । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएका छन् ।
डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको डा भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए । डा.भण्डारीको शल्यक्रिया डा.स्प्रौलसँगै प्राडा बिडी झा, प्राडा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा.अनुप सुवेदी, डा.प्रदीप राजभण्डारी, ड.प्रविन गिरी, डा.निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।
गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका सीडीओ परिवर्तन, को कहाँ पुगे ?
-
सामान्य प्रशासन मन्त्रालयले गर्यो ३९ उपसचिवको पदस्थापन र ५३ जनाको सरुवा (सूची)
-
सङ्घीय मामिलाले काट्यो काठमाडौँ महानगरपालिकालाई पत्र
-
वैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश
-
४ दिनपछि पूर्वयुवराज पारस साह डिस्चार्ज
-
कुलमानबारे ऊर्जामन्त्री खड्का– ‘छोरा बाउ बन्न खोज्दा समस्या भएको हो, फेरि पनि माया त अझै छँदैछ’