नेयमार साउदी क्लब अल–हिलालसँग अनुबन्ध, कति पाउने छन् रकम ?

रियाद । ब्राजिलियन फरवार्ड नेयमार फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेर साउदी प्रो–लिग क्लब अल–हिलालसँग अनुबन्ध भएका छन् ।
३१ वर्षीय खेलाडीका लागि साउदी क्लबले ९ करोड युरो (एडअनहरु थप) खर्च गरेको बताइएको छ । ‘मैले युरोपमा धेरै कुरा हासिल गरेँ, त्यहाँ विशेष पलहरु बिताएँ, तर म सधैँ ग्लोबल खेलाडी बन्न चाहन्थे र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरहरु लिन चाहन्थे,’ नेयमारले भनेका छन् ।
उनी नयाँ सिजनका लागि पीएसजीका नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा थिएनन् । सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा पीएसजी पुगेका नेयमारलाई शनिबार लिग वानमा लरेन्टविरुद्धको खेलमा टोलीमा समावेश गरिएको थिएन । पीएसजीले अब हाई प्रोफाइल खेलाडीहरुलाई ठुलो रकम खर्चने ‘ग्लालेक्टिोक्स’ युगभन्दा अघि बढ्ने योजना बनाएको छ । यसअघि लियोनेल मेस्सी पनि क्लब छाडेर गइसकेका छन् ।
‘म खेलकुदमा नयाँ इतिहास लेख्न चाहन्छु, अहिले साउदी प्रो लिगमा ठुलो ऊर्जा र उत्कृष्ट खेलाडीहरु रहेका छन्,’ नेयमारले थपे ।
नेयमारले फ्रेन्च क्लबमा रहँदा वार्षिक रुपमा २.५ करोड युरो कमाई गर्थे । अब उनले साउदीमा वार्षिक रुपमा १५ करोड युरो पाउनेछन् । यो रकम पीएसजीमा रहँदाको भन्दा ६ गुणाले बढी हो । उनले क्लबसँग दुई वर्षको करार गरेका छन् ।
यो सिजन साउदी लिगमा करिम बेन्जेमा, एन’गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभेस, साडियो माने, रोबर्टो फर्मिन्हो, कालिडाउ कोलिबेलीजस्ता खेलाडीहरु पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)