आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

गायिका जमुना रानाको तीज गीत बजारमा

बुधबार, ३१ साउन २०८०, ०८ : ५२
बुधबार, ३१ साउन २०८०

काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ । सुजन म्युजिक युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो ।

गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ भने हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत गरेकी छन् ।

यो गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा, र कमल रानाले अभिनय गरेका छन् । भिडियो रानाले नै निर्देशन गरकी हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप