कक्षा १२ को नतिजामा अंग्रेजी विषयमा विद्यार्थी कमजोर
मङ्गलबार, ३० साउन २०८०, १८ : ३५

काठमाडौँ । कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर अंग्रेजी विषयमा देखिएको छ । आज सार्वजनिक गरेको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ ।
अंग्रेजीमा १ लाख ९ हजार ५२७ विद्यार्थीको नतिजा एनजी आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । कक्षा १० को नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएका थिए । तर, कक्षा १२ को नतिजाको हकमा भने अंग्रेजीमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो ।
धेरै विद्यार्थीहरू अंग्रेजी विषयमा कमजोर दिएको र अन्य विषयमा कम विद्यार्थीको एनजी आएको अध्यक्ष शर्माले बताए ।
त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ । गणित विषयमा भने ७ हजार ९०३ विद्यार्थीले एनजी ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची