कोटेश्वर क्याम्पस र वीरेन्द्र विद्या मन्दिर क्याम्पसले पाए ‘क्यूएए’
काठमाडौँ । विश्व विद्यालय अनुदान आयोगले कोटेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ र कैलाली, टीकापुरको वीरेन्द्र विद्या मन्दिर क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण सर्टिफिकेट प्रदान गरेको छ ।
सानोठिमीस्थित विश्व विद्यालय अनुदान आयोगको कार्यालयमा मंगलबार आयोजना गरिएको विशेष अवसरमा आयोगले दुवै क्याम्पसलाई क्यूएए प्रदान गरेको हो ।
समारोहमा आयोगका अध्यक्ष प्रा. देवराज अधिकारी, मूल्याङ्कन समितिका प्रमुख प्रा.तीर्थ खनिया, प्राडा बासुदेव काफ्ले र त्रिविका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालसहितको टोली उपस्थित थियो ।
त्रिवि पदाधिकारीले कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल, संस्थापक महेन्द्रबहादुर पाण्डे र प्रिन्सिपल गोविन्दबहादुर कार्की सहितको कोटेश्वर क्याम्पस व्यवस्थापन तथा वीरेन्द्र विद्या मन्दिर क्याम्पस कैलालीका प्रिन्सिपल हर्कबहादुर भण्डारीको टोलीलाई क्यूएए सर्टिफिकेट प्रदान गरे ।
देशभरका कलेजमध्ये आयोगको मूल्याङ्कन समितिले ती दुई क्याम्पसलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।
पढाईको गुणस्तर राम्रो भएको, विद्यार्थी संख्या उल्लेख्य भएको, भौतिक संरचनाको अभाव नभएको, दक्ष जनशक्ति भएको लगायत तोकिएको मापदण्ड पुरा गरेका कलेजलाई विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गर्ने गरेको छ ।
सर्टिफिकेट वितरण समारोहमा कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले विभिन्न आरोह अवरोह पार गर्दै ७ वर्षको अथक प्रयासपछि क्यूएए प्राप्त गर्न सकेको बताउँदै यसमा शिक्षक, विद्यार्थी र अभिभावक सबैको उत्तिकै मेहनत रहेको बताए ।
क्यूएए पाएपछि केही समयका लागि चौतारीमा भारी विसाएजस्तो भए पनि कलेजको गुणस्तर सुधारको यात्रा जारी रहेको नेपालले बताए ।
कोटेश्वर क्याम्पसका प्रिन्सीपल गोविन्दबहादुर कार्कीले क्याम्पसले सधैँ गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको बताउँदै क्यूएएले क्याम्पसलाई थप जिम्मेवारी थपिएको बताए ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा तीर्थ खनियाले क्यूएए प्राप्त गरेको दुवै कलेजलाई धन्यवाद दिदै क्यूएए विश्वविद्यालय अनुदान आयोगको मातहतमा रहनु भन्दा यसको छुट्टै अस्तित्व कायम गरेर अगाडि लैजानुपर्ने आवश्यकता रहेको औंल्याए ।
प्राडा बासुदेव काफ्लेले क्यूएए क्याम्पसले प्राप्त गरेको पदवी भएको बताउँदै आर्जित पदवीलाई भविष्यमा जोगाइराख्नु पर्ने ठूलो चुनौती भएकोमा जोड दिए ।
विश्व विद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे ६ सयभन्दा बढी सामुदायिक कलेजमध्ये ६२ वटा कलेजलाई क्यूएए प्रमाणीकरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला