ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यवहार चलाइरहन्छ : खतिवडा

काठमाडौँ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म कोहीसँग मिल्न नसक्ने बताएका छन् ।
ओलीको सर्वसत्तावाद शैलीले व्यवहारमा संगठन सञ्चालन र राजनीतिलाई समेत कुरूप बनाएको उनको आरोप छ । ओलीले राजनीतिमा आधारभूत व्यवहार छोडेकाले सच्चिएर राजनीति लिगमा नआएसम्म एमालेसँग पार्टी एकता नहुने उनको जिकिर छ ।
‘ओलीको स्वेच्छाचारी चरित्रलाई एमालेले नबदलेसम्म घाटाको व्यापार चलाइरहन्छ । उहाँको चरित्र कुनै पार्टीसँग मिल्न सक्ने देखिँदैन’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘ओलीको सर्वसत्तावाद शैलीले व्यवहार र राजनीतिलाई कुरूप बनाएको छ । राजनीतिमा आधारभूत व्यवहार नसच्चिएसम्म एमालेसँग पार्टी एकता सम्भव छैन ।’
यसैगरी केही नेता तथा कार्यकर्ता पार्टीबाट बाहिरिएर पार्टीलाई कुनै असर नपर्ने उनले बताए । तीन करोड नागरिकमा २६/२७ लाख सदस्य बनाउन एकीकृत समाजवादीलाई समस्या नहुने उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी चार प्रदेशमा वर्षाको सम्भावना
-
धितोपत्र बोर्डद्वारा वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
-
अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?