एमालेले गर्यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध, नागरिक उड्डयन प्राधिकरणको निर्णय सच्याउनुपर्ने माग

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठक एमालेले अवरुद्ध गरेको हो ।
एमालेले नागरिक उड्डयन प्राधिकरणको निर्णयले कर्णाली वासीले भोग्नुपरेको पीडा र समसामयिक जनजीविकाको सन्दर्भमा प्रदेश सरकारले ध्यान नदिएको भन्दै संसद् अवरुद्ध गरेको छ । एमाले प्रमुख सचेतक टेकराज पछाईले नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता गर्न प्रदेश सरकारले संघीय सरकारलाई दबाब दिनुपर्ने बताए ।
प्राधिकरणको उक्त निर्णयले हुम्लाको सिमिकोट विमानस्थलमा जहाज पर्खँदै गर्दा ६ महिने बालक इमरान सुनार, ७ महिने रोहित शाही, साढे १ वर्षे आरेन परियार र ५ महिनाका सन्देश लुहारको मृत्यु भएको एमालेले बताएको छ ।
प्रमुख सचेतक पछाईले जनताको ज्यान गएपनि सरकारको ध्यान नदिएको भन्दै संसद् बैठक अगाडि बढ्न नसक्ने बताए । सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि एमालेले अवरोध जारी राखेको थियो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले आक्रोशित हुँदै सरकारले जवाफ दिनेगरी उपस्थित हुनुपर्ने बताए ।
प्राधिकरणले विमानस्थल तालिका अर्थात ‘अपरेसन आवर’ का कारणले नागरिकले दुख पाएको उनले बताए । एमालेले प्रतिपक्षले निरन्तर आवाज उठाउँदा पनि मुख्यमन्त्री राजकुमार शर्मा बैठकमा अनुपस्थित रहने र जवाफ नदिएको बताएको छ ।
एमालेले रोस्टम घेराउ गरेपछि सभामुख नन्दा गुरुङले साउन ३२ गते बिहीबार दिउँसो तीन बजेसम्मका लागि संसद् बैठक स्थगित गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक